चीनको चमेनागृहमा विष्फोट : २ जनाको मृत्यु, २० जना फसेका थिए

नेपालभ्युज

चीनको चमेनागृहमा विष्फोट : २ जनाको मृत्यु, २० जना फसेका थिए

चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

वुलोङ जिल्लाको फेंगसान भन्ने ठाउँमा दिउँसो स्थानीय समयअनुसार १२ः१० बजे ग्यास चुहावटबाट विस्फोट भएपछि क्यान्टिनको भग्नावशेषमा २० भन्दा बढी व्यक्तिहरू फसेका जनाइएको छ। विष्फोट हुँदा उनीहरू क्यान्टिनमा खाजा खाइरहेका चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

अहिलले उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदै गरेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved