काठमाडौंमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टिरियर डिजाइनरहरूको सहभागिता रहने जनाइएको छ।

नेपालभ्युज

काठमाडौंमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट

काठमाडौं। काठमाडौंमा आज (शुक्रबार)बाट नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदैछ। भृकुटीमण्डपमा हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ। मिडिया स्पेस सोलुसन्स प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढी ख्याति प्राप्त ब्रान्डहरूका स्टल रहने आयोजकले जनाएका छन्।

फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ६ वर्षदेखि हुँदै आएको छ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टिरियर डिजाइनरहरूको सहभागिता रहने जनाइएको छ।

यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved