मेयर रेणु दाहालको रोहवरमा माछा व्यवसायी र सीडीओबीचको विवाद अन्त्य

नेपालभ्युज

मेयर रेणु दाहालको रोहवरमा माछा व्यवसायी र सीडीओबीचको विवाद अन्त्य

काठमाडौं । चितवन प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ र माछा व्यवसायीबीच ६ बुँदामा सहमति भएको छ। आज भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको संयोजकत्वमा बसेको बैठकले यो विषयलाई टुंग्याएको हो।

बैठकमा मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालयबीच यस्तो सहमति बनेको छ।

१  स्वास्थ्यकर तथा बिक्री कक्षको मापदण्ड तयार गरी कार्यान्वयन अघि बढाउने।

२ मानवीय स्वास्थ्यमा प्रतिकूल अमर पार्ने फर्मालीन नियन्त्रण गर्न परीक्षणका लागि नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधिसमेत टोली गठन गरी कायान्वयन गर्ने।

३ माछा ढुवानी गर्दा हुने अनियमितता अनुगमन गरी न्यूनीकरण गर्ने।

४ माछा निकाल्दा प्रयोग हुने जलहरीलाई सहजीकरण गर्ने। मत्स्यसँग सम्बन्धित समस्य आपसी समझदारी गरी छलफल बार्ताको माध्यमबाट निकास निकाली कार्यान्वयन गर्ने।

५ माछा ढुवानी गर्ने गाडीमा जलहरी बोकेर हिँडदा बाटोमा पानी चुहिनेजस्ता समस्याबाट व्यासायीलाई समस्या परेको हुँदा सहयोग गर्ने तथा समन्वय गर्ने।

बैठकका मेयर दाहालका साथै प्रमुख जिल्ला अधिकारी तामाङ, भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत अम्बिकाप्रसाद सुवेदी, माछा बेच्ने चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङ, नेपाल मत्स्य व्यवसायी संघका चितवन जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीलगायत उपस्थित थिए।

माछा खरिद गर्दा ठगिएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तामाङले व्यवसायी लुलाराज तामाङमाथि गत आइतबार साँझ अभद्र व्यवहार गरेका थिए। सरकारी गाडी चढेर माछा किन्न गएकी सीडीओपत्नीलाई व्यवसायीले बढी मूल्य लिएको आरोपमा सीडीओ तामाङ आक्रोशित भई व्यवासायीमाथि खनिएका थिए।

यस विषयलाई लिएर मत्स्य व्यवसायी केन्द्रीय संघ र जिल्ला शाखाले विज्ञप्ति निकालेर विरोध जनाएका थिए। उनीहरूले आफूहरू व्यवसायी भएको भन्दै सीडीओ तामाङको शैलीको विरोध जनाउँदै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved