कजाकस्तानमा शान्ति बहालीका लागि रूससहितका देशले सैन्य सहयोग गर्ने

राष्ट्रपति तोकायेभ कजाकस्तान स्वतन्त्र भएपछि देशलाई नेतृत्व गर्ने दोस्रो व्यक्ति हुन्। सन् १९९१ मा स्वतन्त्र भएको कजाकस्तानमा तोकायेभ सन् २०१९ को निर्वाचनपछि राष्ट्रपतिमा निर्वाचित भएका थिए।

नेपालभ्युज

कजाकस्तानमा शान्ति बहालीका लागि रूससहितका देशले सैन्य सहयोग गर्ने

एजेन्सी। देशभर फैलिएको सरकारविरुद्धको आन्दोलनलाई नियन्त्रणमा लिन कजाकस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले संयुक्त सुरक्षा सन्धी संगठन (सीएसटीओ) लाई सहयोग गर्न आग्रह गरेका छन्।

इन्धनको मूल्यमा आएको वृद्धिसँगै कजाकस्तान सरकार विरुद्ध भएको प्रर्दशनले हाल अन्य राजनीतिक मामिलामा समेत आफ्नो असन्तुष्टि व्यक्त गरेको छ।

राष्ट्रपति तोकायेभले भने विदेशी ‘आतंककारी समूह’ले हिंसा बढाएको आरोप लगाएका छन्।

तर, विदेश मामिलासम्बन्धी विज्ञहरुको बुझाइ भने फरक रहेको छ। कजाकस्तान सरकारले देशमा सुधारको अनुभूति दिन नसक्दा मानिसहरु प्रर्दशनमा उत्रिएको तर्क गर्छन्। लण्डनस्थित क्याथम हाउसका मध्य पूर्वएशियासम्बन्धी विज्ञ केट मेलिनसनले भने, ‘देशभित्र फैलँदै गएको अव्यवस्थाका विरुद्ध रोष प्रकट गर्न नागरिक सकडका उत्रिएका हुन्।’

राष्ट्रपतिले देशभर नै संकटकाल घोषणा गरेका छन् भने रातारात कर्फ्यूसमेत लगाएका छन्। प्रर्दशनकारीमाथि कडा रुपमा उत्रन उनले सुरक्षा फौजलाई निर्देशनसमेत दिएका छन्।

मंगलबार दिइएको एक टेलिभिजन अन्तर्वार्तामा उनले सीएसटीओबाट सहयोग मागेको बताएका थिए। सीएसटीओ रसियासहित पाँच पूर्वसोभियत संघ सम्बद्ध सैन्य गठबन्धन हो। देशभित्र आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न यी देशले यस्तो सुरक्षा गठबन्धनको निर्माण गरेका हुन्।

यस्तै बुधबार सीएसटीओका प्रमुख एवंम अर्मेनियाका प्रधानमन्त्री निकाल पेसिन्ह्याले समाजिक सञ्जालमार्फत कजाकस्तानमा शान्ति बहाली गर्न सैन्य सहयोग गर्ने बताएका छन्। उनले यस्तो सहयोग केही समयका लागि मात्रै हुने समेत बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले कजाकस्तानमा विकसित भएको घटनाक्रमलाई नजिकबाट नियालेको बताएको छ।

राष्ट्रपति तोकायेभ कजाकस्तान स्वतन्त्र भएपछि देशलाई नेतृत्व गर्ने दोस्रो व्यक्ति हुन्। सन् १९९१ मा स्वतन्त्र भएको कजाकस्तानमा तोकायेभ सन् २०१९ को निर्वाचनपछि राष्ट्रपतिमा निर्वाचित भएका थिए।

यद्यपि, उक्त निर्वाचनको विषयमा धेरै आलोचना भएको थियो। युरोपको सुरक्षासम्बन्धी काम गर्ने ओएससीईले कजाकस्तानको उक्त निर्वाचनले प्रजातान्त्रिक मूल्य मान्यताको सम्मान नगरेको आरोप लगाएको थियो।

कजाकस्तानमा तोकायेभको सरकारविरुद्ध प्रर्दशन भए पनि सडकमा उत्रिएका प्रदर्शनकारी उनी अघिका राष्ट्रपति नरतुल्ला नजरबायेवविरुद्ध खनिएको देखिन्छ। नरतुल्ला सत्ताबाट बाहिरिए पनि राष्ट्रिय सुरक्षाका मामिलामा उनको भूमिका ठूलो रहेको छ।

प्रदर्शनकारीले नरतुल्लाको विपक्षमा नारा लगाएको स्पष्ट सुनिन्छ। प्रदर्शनका क्रममा लिइएको भिडिओमा कजाकस्तानका पूर्वराष्ट्रपतिको शालिक ढलाउन प्रदर्शनकारीले प्रयत्न गरेको देख्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved