२४ घण्टामा ३ सय ९३ जनामा देखियो कोरोना संक्रमण

नेपालभ्युज

२४ घण्टामा ३ सय ९३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो।

सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ९३७ पुगेको छ। निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८७ हजार ८१८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३५ हजार ९५२ पुगेको छ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ।

हाल देशभर भेन्टिलेटरमा २५ जना तथा आइसियुमा ८८ जना छन्। होमआइसोलेसनमा चार हजार ८३४, संस्थागत आइसोलेसनमा २६० तथा क्वारेन्टिनमा ९८ जना रहेका छन्।

हाल देशभर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन्।

शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved