माओवादी केन्द्रीय समितिमा नातावादको जालो, को कसका नातेदार?

प्रचण्ड, जनार्दन शर्मा र शक्ति बस्नेतका कम्तिमा तीन-तीन आफन्त केन्द्रीय समितिमा

नेपालभ्युज

माओवादी केन्द्रीय समितिमा नातावादको जालो, को कसका नातेदार?

काठमाडौं। आइतबार सम्पन्न माओवादी आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाचन गरेको नाम बन्द शत्रले अनुमोदन गरेको हो।

केन्द्रीय समितिमा प्रचण्डसहित अधिकांश नेताका नातेदारहरूलाई पनि ठाउँ मिलेको छ। प्रचण्डले आफ्ना भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र बुहारी बीना मगरलाई केन्द्रीय सदस्‍य बनाएका छन्।

त्यसैगरी, अर्थमन्त्री जनार्दन शर्मा र उनका कान्छा भाइ अनिल शर्मा,बहिनी नारायणी शर्मा तथा ज्वाँइ ओमनाथ ढुंगाना पनि केन्द्रीय सदस्य चयन भएका छन्।

वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीमगर तथा बहिनी लालकुमारी पुन पनि केन्द्रीय सदस्य चयन भएका छन्। शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीसँगै बस्नेतकी बहिनी ज्ञानु बस्नेत र ज्वाँइ सूर्य सुवेदी केन्द्रीय सदस्य चुनिएका छन्।

पति-पत्नी नै केन्द्रीय सदस्य 

कुलप्रसाद केसी (लुम्बिनी प्रदेश मुख्यमन्त्री) र उनकी पत्नी तारा घर्तीमगर, देव गुरुङ र उनकी पत्नी यशोदा सुवेदी,  विश्वनाथ साह र उनकी पत्नी सीता पोखरेल, मन्त्री शशी श्रेष्ठ र उनका पति लीलामणि पोखरेल, खगराज भट्ट र उनकी पत्नी मञ्जू बम, हितमान शाक्य र उनकी पत्नी अमृता थापामगर, गणेशमान पुन र उनकी पत्नी कमला रोकामगर ,देवेन्द्र पौडेल र उनकी पत्नी बलावती शर्मा,  पूर्वमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का (लुम्बिनी प्रदेशमन्त्री) केन्द्रीय समितिमा चयन भएका छन्।

यी  नेताका आफन्त पनि 

केन्द्रीय सदस्य चयन भएका रामदीप आचार्य अर्का केन्द्रीय सदस्य मायाप्रसाद शर्माका भाइ हुन्। रामदीपकी पत्नी कृष्णा शाह पनि केन्द्रीय सदस्य चयन भएकी छन्। पूर्वखेलकुदमन्त्री दलजित श्रीपाइली र उनका भतिजा सुबोध श्रीपाइली दुवै केन्द्रीय समितिमा चयन भएका छन्। त्यसैगरी दामा शर्मा र उनका भाइ हेमराज शर्मा पनि केन्द्रीय सदस्य चयन भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved