आठौँ महाधिवेशन

प्रचण्डको प्रस्ताव सर्वसम्मत, माओवादी केन्द्रले चुनावलगत्तै विशेष महाधिवेशन गर्ने

समूहगत छलफलका क्रममा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विभिन्न सुझाव तथा आरोपहरु पनि आएका थिए। प्रचण्डले आज समूहगत छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै ती सबै सुझावहरु प्रतिवेदनमा सुझावकै रुपमा समेटिने बताएका थिए।

नेपालभ्युज

प्रचण्डको प्रस्ताव सर्वसम्मत, माओवादी केन्द्रले चुनावलगत्तै विशेष महाधिवेशन गर्ने

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ।

आठौँ महाधिवेशनको बन्दसत्रमा १२ पुसमा प्रचण्डले पेश गरेको प्रतिवेदन आज सर्वसम्मत रुपमा पारित भएको हो। अध्यक्षको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुको २५ वटा समूह बनाएर छलफल गरिएको थियो।

समूहगत छलफलका क्रममा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विभिन्न सुझाव तथा आरोपहरु पनि आएका थिए। प्रचण्डले आज समूहगत छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै ती सबै सुझावहरु प्रतिवेदनमा सुझावकै रुपमा समेटिने बताएका थिए।

हिजो समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सकिएसँगै आज प्रचण्डले जवाफ दिएका हुन्। प्रचण्डले जवाफ दिएसँगै उनको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको घोषणा भएको हो।

प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले आगामी संघीय तथा स्थानीय चुनाव सकिएलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने उद्घोष गरेका छन्। अहिले उठेका विषयहरुलाई विशेष महाधिवेशनबाट समेट्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले बन्दसत्रमा नेता राम कार्कीले पेश गरेको पूरक प्रस्थतावलाई पनि मुल प्रतिवेदनमै समेटेर लैजाने बताएका छन्। उनले नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई पनि स्वीकार गर्दै आवश्यकता भए बहसमा लैजाने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved