काठमाडौंमा ल्यान्ड हुन नसकेका जहाज ढाका डाइभर्ट, केही बेरमा मौसम खुल्ने

बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण घटेको काठमाडौंको भिजिबिलिटी बढ्न अझै केही समय लाग्ने भएको छ।

नेपालभ्युज

काठमाडौंमा ल्यान्ड हुन नसकेका जहाज ढाका डाइभर्ट, केही बेरमा मौसम खुल्ने

काठमाडौं। बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण घटेको काठमाडौंको भिजिबिलिटी बढ्न अझै केही समय लाग्ने भएको छ। केही स्थानमा घाम लागेपनि पुरै मौसम सफा हुन समय लाग्ने बताइएको छ।

कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुई वटा जहाजहरू तथा फ्लाई दुबई र हिमालय एयरको एकएक जहाज काठमाडौंमा ल्यान्ड गर्न नसक्दा बङ्गलादेशको ढाकामा डाइभर्ट गरिएको छ।

ती जहाजहरूले सिमराको आकाशमा लामो समयसम्म फन्को मारेका थिए। तर मौसम सफल नभएपछि ल्यान्ड हुन सकेनन्।

बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाडौँ आएका अरू केही जहाजहरू पनि अहिले आकाशमै घुमिरहेका छन्। काठमाडौँ उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद्हरूले जनाएका छन्।

बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको र घाम लाग्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved