प्रचण्डको प्रतिवेदनमा लेखनाथ न्यौपानेका ७ आरोप (पूर्णपाठ)

उनले पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवनका कारण माओवादी आन्दोलन ओरालो लाग्नुको मुख्य कारण भएको विश्लेषण गर्दै नेता, जनप्रतिनिधि र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानबिन गर्न पार्टीभित्र समिति बनाउनुपर्ने माग गरेका छन्।

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमा लेखनाथ न्यौपानेका ७ आरोप (पूर्णपाठ)

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानले १० बुँदे फरक मत दर्ज गराएका छन्।

उनले माओवादी नेतृत्व र सहभागी भएका सरकारहरु अन्य पार्टीको भन्दा फरक नभएको टिप्पणी गरेका छन्। ‘सरकारदेखि सरकारसम्मको गोलचक्करले बदनाम मात्रै गराउने’ विश्लेषण गर्दै उनले माओवादी नसच्चिँदै समाजवादको आधार निर्माण गर्ने प्रस्ताव काल्पनिक र बदनामीको माध्यम हुने जिकिर गरेका छन्।

त्यस्तै उनले पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवनका कारण माओवादी आन्दोलन ओरालो लाग्नुको मुख्य कारण भएको विश्लेषण गर्दै नेता, जनप्रतिनिधि र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानबिन गर्न पार्टीभित्र समिति बनाउनुपर्ने माग गरेका छन्।

प्रचण्डको प्रतिवेदनप्रति उनले निम्न सात आरोप लगाएका छन्ः

१. सातौं महाधिवेशनको भन्दा पछाडि फर्किएको।

२. जमिन नटेकेको।

३. बाम बाटो नसमातेको।

४. समाजवादी आन्दोलनको नेतृत्व नगर्ने।

५. समाजको वर्ग विश्लेषण नगरेको।

६. एमालेसँगको एकतालाई सही भन्ने गलत दृष्टिकोण राखेको।

७. प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved