प्रचण्डको प्रतिवेदनमाथि भोलि पनि छलफल हुने

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमाथि भोलि पनि छलफल हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले पेश गरेको विधान मस्यौदाबारे बुधबार पनि छलफल हुने भएको छ।

प्रतिवेदनबारे समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन भएको थियो। मंगलबार दिनभर ती समूहहरूले प्रतिवेदनबारे छलफल गर्ने कार्यक्रम थियो।

तर मंगलबार छलफल नसकिएपछि बुधबार १२ बजेसम्मका लागि छलफलको समय थप गरिएको महाधिवेशन प्रचार–प्रसार उपसमितिले जनाएको छ। छलफल सकिएपछि बुधबार दिउँसो १ बजे समूहगत छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम गरेको  पनि उपसमितिले जनाएको छ।

माओवादीको महाधिवेशनस्थल काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved