वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले एक महीनाको अवधिमा करीब एक करोड ५० लाख रूपैयाँभन्दा बढीको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ। प्रहरी टोलीले अवैधरूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले १२ मंसीरदेखि पर्साको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। गत मंसीर महीनामा एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महीनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ।
सोही अवधिमा स्रोत नखुलेको १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए।
Facebook Comment
Comment