दिल्लीमा बढे कोरोना संक्रमित, भोलिबाट रात्रिकालीन कर्फ्यु

नेपालभ्युज

दिल्लीमा बढे कोरोना संक्रमित, भोलिबाट रात्रिकालीन कर्फ्यु

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र रूपमा बढेपछि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले भोलीबाट कर्फ्यु लगाउने निर्णय गरेको हो।

राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लाग्नेछ। दिल्लीमा आइतबार २ सय ९० जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै, संक्रमणले एक व्यक्तिको मृत्यु भयो।

पछिल्लो समय संक्रमण दर शून्य दशमलव ५५ प्रतिशतले बढेको दिल्ली सरकार स्वास्थ विभागले जनाएको छ। सक्रिय संक्रमितको संख्या ११ सय ३ पुगेको छ।

दिल्लीमा कुल कोरोना संक्रमितको संख्या १४ लाख ४३ हजार ३ सय ५२ पुगेको छ। यसमध्ये २५ हजार १ सय ५ जनाको संक्रमणकै कारण ज्यान गइसकेको छ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७९ पुगिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved