प्रदेश २

”प्रदेश प्राविधिक विश्वविद्यालय” अध्यादेश बहुमतले स्वीकृत

नेपालभ्युज

”प्रदेश प्राविधिक विश्वविद्यालय” अध्यादेश बहुमतले स्वीकृत

जनकपुरधाम। प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ बहुमतले स्वीकृत भएको छ।

आज आइतबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत गरेको हो।

प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको घोषणा सभामुख सरोज कुमार यादवले गरे।

लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले उक्त अध्यादेशको विपक्षमा प्रस्ताव पेश गरेका थिए। तर, साहले प्रस्ताव फिर्ता लिएपछि अध्यादेश बहुमतले स्वीकृत भएको हो।

केही साताअघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ प्रदेशसभामा स्वीकृत भएपछि सरकारले आइतबार अर्को अध्यादेश पेश गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved