माओवादी केन्द्रको महाधिवेशन आजबाट

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशनमार्फत नेतृत्व चयनको विषय सेलाउन नपाउँदै तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन शुरु हुन लागेको हो।

नेपालभ्युज

माओवादी केन्द्रको महाधिवेशन आजबाट

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा आज शुरु हुँदैछ। नेकपा (माओवादी केन्द्रले यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि महाधिवेशनमा रूपान्तरण गरेको हो।

महाधिवेशन शुरु हुनुअघि पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ। महाधिवेशन काठमाडौंमा हुने छ।

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशनमार्फत नेतृत्व चयनको विषय सेलाउन नपाउँदै तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन शुरु हुन लागेको हो।

कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति देखिए पनि माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गर्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।

१३ पुससम्म चल्ने महाधिवेशनका लागि देशभरबाट १ हजार ५ सय ३३ प्रतिनिधि चयन भएर आएका छन्। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यही महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्दैछ।
माओवादीले पछिल्लो पटक २०६९ सालमा हेटौँडामा सातौँ महाधिवेशन गरेको थियो। राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसैलाई आठौँ महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved