सानेपामा कांग्रेसका पदाधिकारीसहित केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

नेपालभ्युज

काठमाडौं।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

गत २४ मंसीरदेखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारीसहित १३५ जना सदस्यहरू निर्वाचित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved