आजको मौसम: हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

आज (शुक्रबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ।

नेपालभ्युज

आजको मौसम: हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौं। आज (शुक्रबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ।

तराईका भू–भागमा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको आजको मौसम सामान्यतया सफा रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved