पूर्वप्रधानमन्त्री खनालको आरोप : एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त छ

नेपालभ्युज

पूर्वप्रधानमन्त्री खनालको आरोप : एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त छ

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्।

संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको उनको आरोप थियो। “यो एउटा अराजकतावादी कुरा हो। जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ। बौद्धिकता सिद्धिन्छ। मर्यादा सिद्धिन्छ। सवैधानिकता सिद्धिन्छ। त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन्। मुर्खतापूर्ण बल प्रयोग। यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन।”

संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो भएको उनको भनाइ थियो। “राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहररू, संकल्प निर्माण गर्ने थलो हो यो। यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो। धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ।” खनालले भने।

यो पनि पढ्नुहोस्

डा. भट्टराई भन्छन् : एमालेलाई अब दण्डित गर्न मात्र बाँकी छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved