जनकपुरधाम। सिरहामा छुरा प्रहार घटनाले उग्र रूप लिएपछि स्थानीयले अवरुद्ध पारेको सडक खुलाइएको छ। स्थानीयले आज बिहानैदेखि गोलबजारमा सडक अवरुद्ध पारेका थिए। यस क्रममा उनीहरूले टायर बालेर प्रदर्शन पनि गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहकाका प्रवक्ता डीएसपी सुभाषा बुढाथोकीका अनुसार दोषीलाई पक्राउ गरी २४ घण्टाभित्र कारबाही चलाउने, मृतकलाई क्षतिपूर्तिका लागि पहल गर्ने, घाइतेको निःशुल्क उपचार व्यवस्था गर्ने प्रहरी र स्थानीयबीच सहमति भएको छ। जसअनुसार अपराह्न ४ बजेदेखि राजमार्ग खुलेको हो।

शनिबार राति घर जाने क्रममा गोलबजार नगरपालिका-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाको समूहले छुरा प्रहार गरेका थिए। छातीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ। उनको अवस्था पनि गम्भीर छ।
“दोषीको पहिचान भइसकेको छ। तिनीहरूलाई पक्राउ गरिसकेपछि मात्र परिचय खुलाउँछौ”, डीएसपी बुढाथोकीले भने। बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधनका हजारौं यात्रीहरूको जाडोमा बिजोग भएको थियो।
सहमति पत्र

Facebook Comment
Comment