वीरगन्ज महानगरले एकैपटक गर्‍यो १२५ शिक्षकको सरुवा

नेपालभ्युज

वीरगन्ज महानगरले एकैपटक गर्‍यो १२५ शिक्षकको सरुवा

पर्सा। वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकै पटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।

महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो।

महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन्। विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved