लालबन्दीमा हुने भनिएको माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र स्थगित

नेपालभ्युज

लालबन्दीमा हुने भनिएको माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र स्थगित

जनकपुरधाम। नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ।

आज देखि सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र पार्टीको आन्तरिक विवादका कारण स्थगित भएको बताइएको छ।

अधिवेशनमा प्रतिनिधि छनोटका विषयमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।

बन्दसत्रका लागि आवश्यक तयारीसमेत पूरा नभएकाले बन्दसत्र स्थगित गरिएको उनले जनाए। अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्यमा पार्टी जुटेको बुढाथोकीले बताए। बन्द सत्रले २४१ सदस्यीय समिति चयन गर्नेछ भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ।

माओवादीभित्रको विवादकै कारण पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र गरेर बन्द सत्र पुस ३ गतेका लागि निर्धारण गरिएको थियो।माओवादी केन्द्रको उद्घाटन सत्र २५ मंसिरमा जनकपुरधाममा भएको थियो भने बन्द सत्र सर्लाहीको लालबन्दीमा हुने निर्धारण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved