टीके पद चाहिँदैन : भीम रावल

भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिइएकोमा आपत्ति जनाएका छन् ।

नेपालभ्युज

टीके पद चाहिँदैन : भीम रावल

धनगढी। नेकपा (एमाले)ले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिइएकोमा आपत्ति जनाएका छन् । शनिवार ट्विट गर्दै रावलले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन्।

उनले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने समेत बताएका छन्। उनले लेखेका छन् ‘‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’’

पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए। रावलले केन्द्रीय सदस्यमा रुचि नदेखाएपछि उनलाई सल्लाहकारको जिम्मेवारी दिइएको एमालेका महासचिव शकंर पोखरेलले बताएका थिए ।

केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी बारे आफूलाई जानकारी नभएको र टीके प्रणाली स्विकार्य नभएको भन्दै उक्त जिम्मेवारी अस्वीकार गरेका छन्।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहेर कमजोरी सुधारको प्रयास गर्ने बताउँदै आएका छन्। रावल अहिले गृह जिल्ला अछाममा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved