ज्ञानेन्द्र-प्रचण्ड सम्झौता माओवादीले जारी गरेको वक्तव्यले नै पुष्टि गर्छ : महासचिव पोखरेल

यो विषय अनुसन्धान गरेर बाहिर ल्याइदिन पोखरेलको आग्रह

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको दोस्रो बैठकमा महासचिव पोखरेलले माघ १९ पछि माओवादीले जारी गरेको सार्वजनिक वक्तव्यले नै त्यसको पुष्टि गरेको बताए।

नेपालभ्युज

ज्ञानेन्द्र-प्रचण्ड सम्झौता माओवादीले जारी गरेको वक्तव्यले नै पुष्टि गर्छ : महासचिव पोखरेल
फाइल तस्वीर

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग नेकपा (माओवादी केन्द्र) अध्यक्षको संवाद र सम्झौताबारे केपी शर्मा ओलीको अभिव्यक्ति  गलत नभएको एमाले महासचिव शंकर पोखरेलले दाबी गरेका छन्।

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको दोस्रो बैठककाे निर्णय सार्वजनीक गर्दै महासचिव पोखरेलले माघ १९ पछि माओवादीले जारी गरेको सार्वजनिक वक्तव्यले नै त्यसको पुष्टि गरेको बताए।

“यो हामीले बताइरहनुपर्ने विषय होइन नि। त्यो वक्तव्यपछि माओवादीहरूको अनुभूति के थियो, कुन बाटोमा हिँड्छ भन्ने आश्चार्यचकित भयौं भनेका छन्। हामीले यस्तो कल्पना गरेका थिएनौं भन्ने कुरा गरे। यसले त्यो बताउँछ। बाबुराम र प्रचण्डजीबीच भएको अन्तरकलहमा उहाँहरूले सार्वजनिक गरिएको विचारहरूले सबै कुरा बाहिर ल्याएको छ।”

यो विषय अनुसन्धान गरेर बाहिर ल्याइदिए आफूहरूलाई सजिलो हुने महासचिव पोखरेलले पत्रकारलाई आग्रह गरे।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरेरै तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा सत्ता हत्याएको आरोप लगाएका थिए। २९ मंसीरमा मनोनित पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका थिए।

ओलीले प्रचण्ड ज्ञानेन्द्र सम्बन्धबारे पाँच बुँदे सहमति नै भएको र माघ १९ को उधुम मच्चिएको आरोप लाएका थिए।

१८ मंसीर २०६० मा पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डबीच पाँचबुँदे सहमति भएको समेत ओलीको आरोप थियो। सहमति के थियो भन्नेबारे ज्ञानेन्द्र अथवा प्रचण्डले बताउनुपर्ने उनले माग राखेका थिए। ओलीले प्रचण्डसँगकै सहमतिका आधारमा पूर्वराजा ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको समेत ओलीले आरोप लगाएका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने त्यसको कडा प्रतिवाद गरेका थिए। प्रचण्डले राजासँग आफ्नो कुनै सहमति नभएको दाबी गरेका थिए। उनले दलाल, पुँजीपति र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा एमाले देखापरेको भन्दै ओलीलाई झूट, बेइमान र धोकाको अर्को नाम भनी अभिव्यक्ति दिएका थिए। साथै उनले ज्ञानेन्द्रसँग भएको सम्झौताबारे पनि प्रमाणित गर्न चुनौती दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved