बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जनकपुरधाम। धनुषामा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मिथिला नगरपालिका १० लालगढ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट नेपालगन्जतर्फ गइरहेको बा ६ प २५५९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ५९ प ६८८९ नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परि मोटरसाइकल चालकको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–७, बस्ने २७ वर्षीय विकास विश्वकर्मा रहेका छन्।

दुर्घटना परी विश्वकर्माको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। बस र बस चालक बाँकेको कोहलपुर नगरपालिका १२ बस्ने सीताराम पाण्डेलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved