धनगढीबाट नेपालगञ्ज सारियो ‘एयरक्राफ्ट म्युजियम’

धनगढीबाट नेपालगञ्ज सारियो ‘एयरक्राफ्ट म्युजियम’

धनगढी। कैलालीस्थित धनगढीमा रहेको वायुयान संग्रालय (एयरक्राफ्ट म्युजियम) धनगढीबाट सारिएको छ। जग्गाको सम्झौता अवधि सकिएपछि संग्रालयलाई नेपालगञ्जमा सारिएको हो।

धनगढीमै राख्ने सोच बनाए पनि जग्गा कतै पनि नपाएपछि संग्रालयलाई नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले बताए।

‘‘म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएपछि धनगढीकै अर्को ठाउँमा राख्ने सोच बनाएका थियौं तर जग्गा नपाएपछि नेपालगञ्ज लगिएको हो,” उनले भने। पटक-पटक स्थानीय सरकारलाई गुहारे पनि संग्रालय राख्नका लागि जग्गा नपाइएको उनले बताए।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा उक्त संग्रालय स्थापना गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले संग्रालयका लागि करीब ७० लाख रुपैयाँमा फोकर जहाज खरीद गरेका थिए।

उक्त जहाजलाई धनगढी पुर्‍याइएपछि संग्रालय तयार गरिएको थियो। ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो ।

एयरक्राफ्ट म्युजियममा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका थिए ।

म्युजियमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved