जनमोर्चा कैलालीका उपाध्यक्षसहित एमालेमा प्रवेश

नेपालभ्युज

जनमोर्चा कैलालीका उपाध्यक्षसहित एमालेमा प्रवेश

धनगढी। राष्ट्रिय जनमोर्चाका कैलालीका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोरबहादुर विक नेकपा (एमाले)मा प्रवेश गरेका छन्। विकलगायत ११ जनाले जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, पार्टी सचिव दानबहादुर विश्वकर्माले टीका खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन्।

राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेमा उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी विक, कैलारी गाउँपालिकाबाट गाउँ कमिटी सदस्यहरू टिकादेवी टमटा, मोतीसिंह टमटा, लक्ष्मी देवी विक, सन्त कोली र वीरबहादुर विक रहेका छन्।

त्यस्तै बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगंगाका जमुनादेवी सुनार र विकास विकले पार्टी प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटीका नेता, धनगढी नगर कमिटीका अध्यक्ष, कैलाली गाउँपालिका अध्यक्ष लगायतका नेताहरूको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved