च्याम्पियन्स लिगको ‘ड्र’मा प्राविधिक समस्या, फेरि हुँदै

युरोपेली फुटबल महासंघ (यूईएफए) ले आज साँझ पाँच बजे तालिका निकालेको थियो। तर, त्यसमा प्राविधिक समस्या भएपछि पुनः ड्र गरिने भएको हो।

नेपालभ्युज

च्याम्पियन्स लिगको ‘ड्र’मा प्राविधिक समस्या, फेरि हुँदै

काठमाडौं। च्याम्पियन्स लिगको जारी सिजनको आज सार्वजनिक भएको अन्तिम १६ ड्रमा प्राविधिक समस्या रहेको भन्दै रद्द गरिएको छ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले आज साँझ पाँच बजे तालिका निकालेको थियो। तर, त्यसमा प्राविधिक समस्या भएपछि पुनः ड्र गरिने भएको हो।

यसपटक अन्तिम १६ मा स्पेनका तीन ओटा क्लब (रियल मड्रिड, भिल्लारियल र एट्लेटिको क्लब) अटाएका छन् भने चार ओटा इंग्लिस क्लब (लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्ट युनाइटेड र चेल्सी पनि अन्तिम १६ मा पर्न सफल भए।

दुई ओटा फ्रान्सेली क्लबहरू (पीएसजी र लिल) ले अन्तिम १६ मा स्थान बनाए। त्यस्तै दुई ओटै पोर्चुगिज क्लब ( स्पोर्टिङ सीपी र बेन्फिका) पनि प्रिक्वार्टरफाइलनमा पुगेका छन्। त्यसैगरी इटालीका इन्टर मिलान र युभेन्टस पनि अन्तिम १६ मा परेका छन्।

त्यस्तै जर्मन अष्ट्रिया र नेदल्यारण्डका पनि एक एक क्लबले प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनीहरू क्रमशः बार्यन म्युनिख, रेडबुल साल्जबर्ग र आयाक्स हुन्।

अन्तिम १६ का पहिलो चरणका खेलहरू फेब्रुअरी १५ बाट शुरु हुँदै छन् भने दोस्रो चरणका खेलहरू भने मार्च ८ बाट शुरु हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved