कमल थापाले लिङ्देनलाई भने – राजाकाे हस्तक्षेप छानबिन नभए पार्टी फुट्छ

कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै महाधिवेशनमा भएको पूर्व राजाको हस्तक्षेपबारे छानबिन नभए पार्टी विभाजन गर्ने चेतावनी दिएका छन्।

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै महाधिवेशनमा भएको पूर्व राजाको हस्तक्षेपबारे छानबिन नभए पार्टी विभाजन गर्ने चेतावनी दिएका छन्।

लिङ्देन अध्यक्षमा निर्वाचित भएलगतै शुभकामना दिँदै एकता कायम गर्ने बाचा गरेका थापाले सोमबार अर्को पत्र लेख्दै पार्टी एकता कायम नरहने बताएका हुन्।

लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीको हालै सम्पन्न महाधिवेशनमा हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन आग्रह गरेका छन्।  माग पुरा नभए पार्टी एकता पनि कायम नरहने र पार्टीको भविष्य पनि सुनिश्चित नहुने भनिएको छ ।

पत्रमा लेखिएको छ, ‘‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष समिति बनाउनुहोस् । हस्तक्षेपको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।’’

नेता थापाले आफू पार्टीको बृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध रहेको र पार्टीमा आफ्नो रगत, पसिना बगेको बताएका छन्। यस्तै उनले आफूलाई पार्टीको धेरै माया रहेको र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेको पत्रमा लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved