भण्डारीको अध्यक्षतामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी गठन

धनगढी। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले दामोदर भण्डारीको अध्यक्षमा सुदूरपश्चिम प्रदेश कमिटी गठन गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटीमा बैतडीका भण्डारी अध्यक्ष, अछामका कमल तिमिल्सेना उपाध्यक्ष, कैलालीका धर्मराज पाठक सचिव, बाजुराका बलदेव रेग्मी उपसचिव र कैलालीकै भागीरथी विष्ट उपसचिव छानिएका छन्।

अध्यक्ष भण्डारी प्रतिनिधिसभा सदस्यका साथै पूर्व अर्थ राज्मन्त्री पनि हुन्। उनी २०७० को संविधानसभा सदस्यमा पनि बैतडीबाट निर्वाचित भएका थिए। नेता भण्डारीले बैतडीको पार्टी नेतृत्व पनि सम्हालिसकेका छन्। यस्तै उपाध्यक्ष तिमिल्सेना अछाम जिल्ला कमिटीको अध्यक्ष भइसकेका पुराना नेता हुन।

अनेरास्ववियुको कोषाअध्यक्षबाट आएका सचिव पाठक एमाले कैलाली जिल्ला कमिटी सदस्य हुन्। उनले राजनीति गर्नकै लागि गैरसरकारी क्षेत्रको जागिर समेत छाडेका थिए।

प्रदेशसभा सदस्य समेत रहेका उपसचिव रेग्मी बाजुरा जिल्ला कमिटीका पूर्व सचिव हुन्। उपसचिव रेग्मी र विष्ट यसअघि पनि उपसचिव थिए। विष्टले पूर्व माओवादीबाट एमाले प्रवेश गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved