कांग्रेस महाधिवेशन

सभापतिबाट न्यौपानेसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता

नेपालभ्युज

सभापतिबाट न्यौपानेसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ५७ जना नेताले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। आज बिहान ११ बजेसम्म निर्धारण गरिएको मनोनयनपत्र फिर्ताको समय डेढ घण्टा थप गरेर १ बजेसम्म कायम गरिएको थियो।

सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन्।

यसैगरी सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छ्न।

सदस्यहरूमा मीन विश्वकर्मा दलित, सीताराम महतो मधेशी, जुनाकुमारी दानी, दीपक अधिकारी, गोविन्दराज बोहरा,  गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा,भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, बिना पौडेल, भक्तबहादुर बलायर, माया राना, जङ्गीलाल राय, सञ्जयकुमार यादव,  सिंहबहादुर राना र सङ्गीता मण्डलले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै केन्द्रीय सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, बिमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद सङ्ग्रौला, महेश नेपाली, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाइँ, युवराज गुरुङ, बाला अधिकारी, मुरारिप्रसाद आचार्य,टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँ, वीरवल राई, केशव थापा,तीलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी मनोनयनपत्र फिर्ता लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved