शेखर कोइरालाले भने– पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन सभापतिमा उम्मेदवारी

कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन्।

नेपालभ्युज

शेखर कोइरालाले भने– पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन सभापतिमा उम्मेदवारी
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन्।

पार्टीको जारी १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने अनि पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रमका साथ अघि बढाउने बताए।

५१ प्रतिशतभन्दा बढी युवाहरू महाधिवेशनका प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरूको प्यानल विजयी हुने उनको भनाइ छ। कोइरालाले पार्टीलाई युवाहरूको जोस र पाकाहरूको होसका साथ अघि बढाउने पनि बताए।

उनले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिङ्ग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढ्छौँ । युवाहरूको जोस र पाकाहरूको होसले पार्टीलाई अगाडि बढाउँछौँ । आफूले युवाहरूसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिहरू युवा भएकाले आफूहरूको प्यानल नै विजयी हुनेछ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved