चेल्सी स्तब्ध, शीर्ष स्थानमा सिटीको कब्जा

नेपालभ्युज

चेल्सी स्तब्ध, शीर्ष स्थानमा सिटीको कब्जा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा गएराति शीर्ष स्थानको चेल्सीले अप्रत्याशित हार बेहोरेको छ। लण्डन स्टेडियममा भएको खेलमा चेल्सी वेस्ट ह्यमसँग ३-२ गोलअन्तरले स्तब्ध भएको हो।

थिआगो सिल्भाको २८ औं मिनेटको गोलमा  शुरुआती अग्रता बनाए पनि चेल्सीले पराजय टार्न सकेन।  ४० मिनेटमा पहिलो, ५६ मा दोस्रो र ८७ मिनेटमा तेस्रो गोल गर्दै वेस्ट ह्यामले लिगको चौथो स्थानमा ठाउँ बनाएको छ। चेल्सी लिगको तेस्रो स्थानमा झरेको छ।

चेल्सीका मोसेन माउन्टले ४४ मिनेटमा गोल गरे पनि हार टार्न पर्याप्त भएन।

यस्तै म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३-१ को जित निकाल्दै लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ। सिटीलाई जिताउन रहिम स्टर्लिङले खेलको चौथो मिनेटमै गोल गरेका थिए भने बर्नान्डो सिल्भाले ३१ र ६३ मिनेटमा गोल गरे। वाटफोर्डले भने ७४ मिनेटमा एक गोल फर्काएको थियो।

जितसँगै सिटीले १५ खेलबाट ३५ अंक बनाएको छ। गएराति लिभरपुलले पनि वुल्भ्समाथि १-० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved