छिट्टै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन्ः अर्थमन्त्री शर्मा

शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाएर मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताए।

नेपालभ्युज

छिट्टै अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन्ः अर्थमन्त्री शर्मा
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन्। प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाएर मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताए। उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ छिटो प्रक्रिया अगाडि बढ्न सक्ने बताए।

“सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्”, मन्त्री शर्माले भने, “कार्यविधि र मूल्याङ्कनको काम अगाडि बढाउन प्रेस सेन्टरले वातावरण बनाउनु पर्छ ।”

अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने रहेको बताए।

शर्माले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितिमा आएको बताए। उनले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउदै अब नेपालमा समाजवादी बाटोको आवश्यकता भएको औँल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved