सर्लाहीमा छोराछोरीसहित महिला मृत फेला

नेपालभ्युज

सर्लाहीमा छोराछोरीसहित महिला मृत फेला

जनकपुरधाम। सर्लाहीमा दुई नाबालक छोराछोरी सहित एक महिला मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यायल सर्लाहीका अनुसार बरहथवा नगरपालिकामा दुई नाबालक छोराछोरीसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बरहथवा-१ हजरिया निवासी शिव हजारीकी २६ वर्षीया पत्नी कविता आफ्ना चार वर्षीय छोरा र ६ वर्षीया छोरीसहित घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका बताए।

मृतक महिलाका श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारीमा छन्।

तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ। तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved