माओवादी केन्द्रको पालिका अधिवेशन आज, प्रचण्डले ‘भर्चुअल’ सम्बोधन गर्ने

माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो। दिउँसो १ बजे अध्यक्ष प्रचण्डले सबै पालिका सम्मेलनलाई एकै पटक सम्बोधन गर्न लागेका हुन्।

नेपालभ्युज

माओवादी केन्द्रको पालिका अधिवेशन आज, प्रचण्डले ‘भर्चुअल’ सम्बोधन गर्ने
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले आज (शनिबार) सबै स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो।

पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आज दिउँसो १ बजे अध्यक्ष प्रचण्डले सबै पालिका सम्मेलनलाई एकै पटक सम्बोधन गर्न लागेका हुन्।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ। माओवादी केन्द्रले २५ मंसिरमा प्रदेश सम्मेलन गर्दैछ। आगामी ११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन तय भएको छ।

माओवादीले सबै पालिका सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ। पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ। सोहीअनुसार यही४ मंसिरमा सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ।

माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ। प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ। वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्नेछन्।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन्। यस्तै, नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए।

सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved