जनकपुरधाम। महोत्तरीमा बोक्साबोक्सी आरोपमा देवर-भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई जिल्ला अदालत महोत्तरीले धरौटीमा छाड्न आदेश दिए पनि धरौटी बुझाउन नसकेपछि उनीहरूलाई काराकार चलान गरिएको छ।
घटनामा संलग्न औरही नगरपालिका वडा नम्बर ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छोड्न आज अदालतले आदेश दिएको थियो।
न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले बुधबार रामशिलालाई चार लाख धरौटीमा छोड्न आदेश दिएको थियो।
महोत्तरीको औरही नगरपालिका-९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई ११ कात्तिक साँझ ‘बोक्सा-बोक्सी’ आरोप लगाउँदै ४० वर्षीय शिलादेवी मण्डल, उनका १६ वर्षीय छोरा रामउदेश मण्डल, ३५ वर्षीया दुखियादेवी र दुखियाका १५ वर्षीय छोरा कृष्ण मण्डललले कुटपिट गरी मलमुत्र खुवाएको पीडित पक्षले आरोप लगाएको छ।
पीडित पक्षले मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए।
विजयादशमीअघि शिलादेवीका पति र झप्सी सँगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेवीको पतिको मृत्यु भएको थियो। त्यसपछि ११ कात्तिक गते भएको मोटरसाइकल दुर्घटनामा शिलादेवीको छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी कुटपिट गरी मलमुत्र खुवाएको थियो।
प्रहरीले देवर-भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो।
Facebook Comment
Comment