सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल
फाइल तस्वीर

जनकपुर। नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताए।

न्यायपालिकाको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो। जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकरात्मक सन्देश गएको बताए।

वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उनको भनाइ थियो।

यस्तै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन्। ‘‘अगामी स्थानीय, प्रदेश र प्रतिनिसिभाको निर्वाचनसम्मै हाम्रो गठबन्धन कायम रहन्छ ढुक्क हुनुस्” उनले भने, ‘‘यो विषयमा पाँचवटै दल सकरात्मक रहेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved