व्यवस्थापनको कमजोरीले मोतीपुर घटना भएको निष्कर्ष

२४ असोजमा रुपन्देहीको बुटवल नगरपालिका १७ मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गाको विषयलाई लिएर प्रहरी र स्थानीयबीच भएको झडपमा परेर ४ जनाको निधन भएको थियो। यस्तै घटनामा १८ जना सर्वसाधारण र ५२ सुरक्षाकर्मी घाइते भएका थिए।

नेपालभ्युज

व्यवस्थापनको कमजोरीले मोतीपुर घटना भएको निष्कर्ष

काठमाडौं। घटनाको पूर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा मोतिपुर घटना भएको स्थगलगत अध्ययन प्रतिवेदनले औंल्याएको छ।

एड्भोकेसी फोरम, इन्सेक, नेपाल बार एशोसिएशनलगायत सङ्घसंस्थाद्धारा रुपन्देहीका मोतिपुर भएको स्थलगत अध्ययन गरी १ मंसीरमा सार्वजनिक गरिएको प्रतिवेदनमा व्यवस्थापनको कमजोरीलाई घटनाको कारण बताइएको हो।

२४ असोजमा रुपन्देहीको बुटवल नगरपालिका १७ मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गाको विषयलाई लिएर प्रहरी र स्थानीयबीच भएको झडपमा चार जनाको मृत्यु भएको थियो। यस्तै घटनामा १८ जना सर्वसाधारण र ५२ सुरक्षाकर्मी घाइते भएका थिए।

‘हजारौँ संख्यामा आएका मानिसको भीडलाई नियन्त्रण गर्न नसक्दा र जग्गा कब्जा गर्ने व्यक्तिहरू पनि घरेलु हातहतियारसहित प्रहरीमाथि जाइलाग्दा सुरक्षाकर्मीले गोली चलाएको पाइयो । सुरक्षाकर्मीहरूको गोली प्रहारबाट चार जनाको मृत्यु भएको, १८ जना सर्वसाधारण र ५२ जना सुरक्षाकर्मी घाइते भएका थिए’, स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ।  भनिएको छ।

प्रतिवेदनमा लेखिएको छ, ‘घटनास्थलमा सशस्त्र प्रहरी बलले बोक्ने एसएलआरको गोली बरामद भएकाले सशस्त्र प्रहरीका तर्फबाट गोली प्रहार भएको बुझियो’।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved