जनकपुरधाममा मोदीले घोषणा गरेको सय करोड रकम छिट्टै आउँछः शास्त्री

नेपाल भारतबीचको सम्बन्ध प्रौराणिककालदेखि प्रगाढ रहेको बताउंदै शास्त्रीले धार्मिक, सांस्कृतिक एवं राजनीतिक सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले भारत सरकार सधैं नेपालको हितको पक्षमा रहेको बताए।

जनकपुरधाममा मोदीले घोषणा गरेको सय करोड रकम छिट्टै आउँछः शास्त्री

जनकपुरधाम। भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको सय करोड रकम छिट्टै उपलब्ध गराउने बताएका छन्।

धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता शास्त्रीले संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेपाल भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको तथा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम चाँडै नै उपलब्ध गराउने बताए।

शास्त्रीले भारत सरकारले सञ्चालन गर्ने रामायण सर्किट रेल्वे योजनामा जनकपुरधामलाई पनि समावेश गरिने योजना रहेको प्रष्ट गरे।

नेपाल भारतबीचको सम्बन्ध प्रौराणिककालदेखि प्रगाढ रहेको बताउंदै शास्त्रीले धार्मिक, सांस्कृतिक एवं राजनीतिक सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले भारत सरकार सधैं नेपालको हितको पक्षमा रहेको बताए।

पूजाको लागि जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न शास्त्रीलाई सुझाव दिएका थिए। महन्थ दासले आग्रह गर्दै भने, ‘‘नेपालमा गौ हत्या भइरहेको छैन। तर भारतमा चार/चार शंकाराचार्य छन्। यद्यपि गौ हत्या भइरहेको छ। यसलाई रोक्नुपर्छ। मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्‍याइदिनुस्।”

भाजपा नेता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताहरुसँग पनि भेटघाट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved