अमेरिकी राजदूत बेरीले गरे जनकपुरधाममा छठ पूजा

‘‘जनकपुरमा पुनः आउन पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको छु। छठ पर्वमा उज्यालो गतिविधि देख्न पाउँदा आभारी पनि छु’’, उनले भने, ‘‘मलाई यो ठाउँले सधैं प्रभावित तुल्याएको छ।’’

नेपाल भ्यूज

अमेरिकी राजदूत बेरीले गरे जनकपुरधाममा छठ पूजा

जनकपुरधाम। अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले जनकपुरधाममा पुगेर छठ पर्वमा सहभागी हुँदै पूजा गरेका छन्। उनले जनकपुरधामको गंगा सागर छठ घाटमा पूजा आराधना गरेका हुन्।

उनी दूतावासका अन्य कूटनीतिज्ञसहित छठ मनाउन त्यहाँ पुगेका थिए।

‘‘जनकपुरमा पुनः आउन पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको छु। छठ पर्वमा उज्यालो गतिविधि देख्न पाउँदा आभारी पनि छु’’, उनले भने, ‘‘मलाई यो ठाउँले सधैं प्रभावित तुल्याएको छ।’’

राजदूत बेरीसँगै अमेरिकी सहयोग नियोग यूएसएडका नेपाल निर्देशक सेप्डी पनि छठ मनाउन जनकपुर पुगेका थिए। आफूले त्यहाँ ठेकुवा र पुरीको स्वाद चाखेको समेत राजदूत बेरीले जनाएका छन्।

राजदूत बेरीले सबै जनालाई छठ पर्वको शुभकामना समेत दिएका छन्। राजदूत बेरीले दशैंँ र तिहार पनि मनाउँदै शुभकामना दिएका थिए। उनी नेपाली चाडपर्व मनाउन सक्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved