यात्रुवाहक बस दुर्घटना भई आगलागी, १२ जना घाइते

यात्रुवाहक बस दुर्घटना भई आगलागी, १२ जना घाइते

जनकपुधाम। धनुषामा यात्रुवाहक बस दुर्घटना भई आगलागी भएको छ। बस जलेर पूर्ण रुपमा क्षति भएको छ भने बसमा सवार १२ जना यात्रु घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार दाङ्गबाट आएको बस विराटनगरतर्फ जाँदै गरेको बस बुधबार विहान ८ बजे धनुषाधाम नगरपालिका ६ मालटोल सडक खण्डमा दुर्घटना भएको हो। ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खसेपछि बसमा आफै आगो लागेको प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदी बताए। ‘‘बस पल्टिएपछि ट्यांकी फुटेर आगो लागेको अनुमान गरिएको छ,’’ उनले भने, ‘‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’’

दुर्घटनामा एक बालकसहित सात महिला र चार पुरुष घाइते भएको जानकारी उनले दिए।

उनका अनुसार घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित निजी स्वास्थ्य उपचार केन्द्रमा र दुई जनाको लालगढ स्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ।

बसमा लागेको आगो ढल्केबर स्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुण यन्त्रको मद्दतमा निभाइएको थियो भने आगलागीमा अधिकांश यात्रुको सामान जलेर नष्ट भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved