‘बेको’ ब्राण्ड अब नेपाली बजारमा

नेपालभ्युज

‘बेको’ ब्राण्ड अब नेपाली बजारमा

काठमाडौं। नेपाली इलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले विश्वचर्चित इलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ।

सिजी इलेक्ट्रोनिक्सले बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त भएकोर नेपाली बजारमा यो ब्राण्डका उत्पादनहरू बिक्री वितरण गरिरहेको छ।

सिजी इलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले यो ब्राण्डका नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने विश्वास लिएको छ। यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनीको आशा छ।

सिजी इलेक्ट्रोनिक्सका अनुसार, नेपाली बजारमा बेको ब्राण्डका वशिङ मेसिनहरू वितरण भइसकेका छन्। जसको सकारात्कम प्रतिक्रिया आएको उसले दबी पनि गरेको छ। साथै कम्पनीले बेकोको अर्को उत्पादन ‘डिसवशर’ पनि बजारमा पठाउन तयारी अवस्थामा राखेको जनाएको छ। कम्पनीले यो ब्राण्डका अन्य थुप्रै उत्पादन पनि छिट्टै बजारमा ल्याउने तयारी गरेको जनाएको छ।

सन् १९५५मा स्थापना भएको बेको कम्पनी यूरोपलगायत संसारमै बढी रुचाएको इलेक्ट्रोनिक्स ब्रान्ड भएको उसको दाबी छ। पछिल्लो दुइ दशकभन्दा बढी समयदेखि ग्राहकको सुविधा र स्वस्थ जीवनलाई ध्यानमा राखी आफ्ना हरेक उत्पादनमा नवीनता र अत्याधुनिकता पस्किरहेको छ।

प्रयोगमा सहजता र व्यावहारिक प्रविधिका उत्पादनहरूले बेकोले आफ्नो बाहुल्यता कायम गर्दै बढिरहेको छ। यो कम्पनीको उपस्थिति १३० भन्दा बढी राष्ट्रहरूमा रहेको उसले जनाएको छ। यसको फ्याक्ट्री २२ राष्ट्रहरूमा रहेको पनि जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved