ऋणैऋणमा मन्त्री दीपक मनाङ्गे ! (हेर्नुहोस् सम्पत्ति विवरण)

नेपालभ्युज

ऋणैऋणमा मन्त्री दीपक मनाङ्गे ! (हेर्नुहोस् सम्पत्ति विवरण)

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङ्गेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मनाङ्गेले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको पनि बताएका छन्। उनी मन्त्री भएको पाँच महीना भयो।

उनले हाल आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र ८३ तोला मुगाको माला रहेको उल्लेख गरेका छन्। यी सम्पत्ति उनले वैदेशिक रोजगारी र व्यापारबाट आर्जन गरेको पनि विवरणमा उल्लेख गरेका छन्। मुगाको माला भने पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ।

उनले सार्वजनिक गरेको विवरणमा उनी ६ करोड १० लाख ऋणमा भएको देखिएको छ। उनले उक्त ऋण कोकोसँग लिएका भन्ने पनि उल्लेख गरेका छन्।

मनाङेले संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेका पनि विवरणमा उल्लेख गरेका छन्। साथै प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना नौ लाख रुपैयाँमा किनेको पनि लेखेका छन्।

त्यसैगरी उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको पनि खुलाएका छन्। मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराका नाममा १५ आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा जनाएका छन्।

यस्तो छ मनाङ्गेको सार्वजनिक सम्पत्ति विवरण

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved