जन्मदर्ता बनाउन घुस लिने वडाध्यक्षविरुद्ध मुद्दा दायर

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी-५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूले सेवाग्राहीबाट १० हजार रुपैयाँ बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो। जन्मदर्ताजस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ।

आयोगले आरोपीलाई बिगोबमोजिमको कारबाहीको माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved