महोत्तरी प्रहरीले समात्यो डकैतीका नाइके

नेपालभ्युज

महोत्तरी प्रहरीले समात्यो डकैतीका नाइके

सर्लाही । महोत्तरी प्रहरीले डकैतमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-२ (पुनरबास) बस्ने ४२ वर्षका कारी पासवान भनिने विश्वनाथ पासवान रहेका छन्। प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो।

पासवानसहित ९-१० जनाको समूहले महोत्तरी सम्सी गाउँपालिका-१ पर्सा बजारमा बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नो घरमा सञ्चालन गरेको राजीव ज्वेलर्स सुनचाँदी पसलमा चोरी गरेका थिए।

उनीहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरेर वीरेन्द्र साह, उनकी श्रीमती तथा छोराछोरीलाई रड प्रहार गरी घाइते बनाएका थिए। त्यस्तै साहमाथि कटुवा पेस्तोलबाट गोली हानी करिब ९ लाख बराबरको नगद तथा सुनचाँदीका गरगहनाहरू लुटेका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरी टोलीले पासवनलाई पक्राउ गर्न सफल भएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए।

पासवान सो घटनाका मुख्य योजनाकार रहेको एसपी आचार्यले बताए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved