काठमाडौं। नेपालमा निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिले विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी सुन्दरले भारतीय कम्पनी ईईभीईका विद्युत स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीले जेनिया २.०, आहामा, एट्रिओ, जेनिया र विन्ड गरी पाँच मोडलका स्कुटरको बिक्री शुरु गरेको हो। कम्पनीका अध्यक्ष भेष बहादुर थापाका अनुसार जेनिया २.० को २ लाख ३५ हजार, आहामाको १ लाख ९१ हजार, एट्रिओको १ लाख ९६ हजार जेनियाको २ लाख २४ हजार र विन्डको १ लाख ८७ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ।
लिथियम आयन ब्याट्री प्रयोग गरिएका यी स्कुटर एकपटकको चार्जमा ७० देखि ९० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीका अध्यक्ष थापाले बताए।
सामान्य चार्जरमा ४ देखि पाँच घण्टामा पूर्ण चार्ज हुने यी सबै स्कुटरको तौल १४० किलो छ भने हेर्दा स्कुटर आकर्षक देखिन्छन्।
Facebook Comment
Comment