हामीले चाहे सरकार सात दिनमा ढाल्दिन्छौं – केपी ओली

‘‘मान्छे मन्त्री देखे लाजले यता फर्किन्छ। यति बेहाल सरकार त मैले कुनै कालमा पनि देखिनँ। यति साह्रो बेहाल त…,’’ उनले भने।

नेपालभ्युज

हामीले चाहे सरकार सात दिनमा ढाल्दिन्छौं – केपी ओली
फाइल तस्वीर

काठमाडौं।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेमा सरकार सात दिनमा ढालिदिने बताएका छन्। एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा लोभीपापी भएकाले सजिलै सरकार ढाल्न सक्ने बताए।

तर सरकार बनाउने भन्दा पनि देश बनाउनेमा आफ्नो ध्यान भएकाले देश बनाउनका लागि मात्र सरकार बनाउने उनको भनाइ थियो। सरकार आलोचना र टिप्पणी गर्न लायक समेत नभएको उनले बताए। ‘‘साँच्चि यो सरकार कसले चलाएको छ कोही भन्न सक्छ नेपालमा ? कसले चलाछ चलाछ! भित्रकाले चलाएका छन् कि बाहिरकाले चलाएका छन् कि कसैलाई थाहा छैन,’’ उनले भने।

साँठगाँठ जोगाउनेबाहेक देश बनाउने दृश्टिकोण सरकारसँग नभएको बताउँदै उनले गठबन्धनका दलले साँठगाँठबिना वडा पनि नजित्ने बताए।

उनले सरकारको आलोचना गर्दै कांग्रेसका पुराना नेताहरू पनि पुर्पुरोमा हात राखेर बसेको बताए। वर्षौंदेखि कांग्रेसमा लागेकोमा कांग्रेसले केही नगरेको भन्दै कांग्रेसभित्रै पनि भोट दिने आधार नभएको भनाइ उनको थियो। ‘‘मान्छे मन्त्री देखे लाजले यता फर्किन्छ। यति बेहाल सरकार त मैले कुनै कालमा पनि देखिनँ। यति साह्रो बेहाल त…,’’ उनले भने।

माधव नेपालसँग एमाले सिद्याउने बाहेक कुनै गन्तव्य नभएको बताउँदै उनले एक दुईटा रौँ झरेर त्यसलाई चुल्ठो भने जस्तै दुई चार जना एमालेबाट टुक्रिएर बनेको पार्टीलाई एकीकृत भनिनु हाँस्यास्पद भएको बताए।

न्यायलयमाथि प्रश्न उठाउँदै उनले न्यायालयबाट जनविश्वास धरासयी भएको बताए। ‘‘अदालत मर्यादित हुनुपर्नेमा, जनताले केही नभएपनि अदालतको विश्वास गर्नुपर्नेमा अदालतप्रति विश्वास धरासयी भएको छ,’’ उनले भने।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved