बाढी-पहिरोमा निधन भएकाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

देशभर बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको अवस्थाको बारेमा अत्यन्तै चिन्तित रहेको भन्दै पुनले उनीहरुको खोजीमा संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको बताएका छन्।

नेपालभ्युज

बाढी-पहिरोमा निधन भएकाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
फाइल तस्वीर

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षापछिको बाढी पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै पुनले दुःख व्यक्त गरेका हुन्। उनका प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्ति जारी गर्दै उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘अनपेक्षित रुपमा आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण भएको ठूलो जनधनको क्षतिले मलाई मर्माहत बनाएको छ। बेमौसमी वर्षाबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, सयौँ परिवार विस्थापित हुनुपरेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु।’

देशभर बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको अवस्थाको बारेमा अत्यन्तै चिन्तित रहेको भन्दै पुनले उनीहरुको खोजीमा संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको बताएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘म बाढी पहिरोका कारण जीवन गुमाउनु भएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved