सीमामा भारतीय प्रहरीद्वारा सवारी चलाउनै रोक, गुडाएर मात्रै आवतजावत गर्नुपर्दा सास्ती

भारतीय प्रहरीले मान्छे नचढी गुडाएर जान मात्र भनेको छ। गुडाएर नलगे कुट्ने, लखेट्ने र गाली गर्नेजस्ता अनैतिक व्यवहार गर्ने गरेको गुनासो यात्रुहरूले गरेका छन्।

नेपाल भ्यूज

सीमामा भारतीय प्रहरीद्वारा सवारी चलाउनै रोक, गुडाएर मात्रै आवतजावत गर्नुपर्दा सास्ती

सर्लाही। सदरमुकाम मलंगवास्थित भन्सार नाका भएर भारत प्रवेश गर्नेलाई सास्ती हुन थालेको छ। उनीहरूले आफ्ना सवारीसाधन डोहोर्याएर मात्र भारत लैजान बाध्य बनेका छन्।

गुडाएरर घिसारेर मात्र आफ्ना सवारी भारत प्रवेश गराउनुपर्दा उनीहरूले केही दिनयता सास्ती भोग्दै आएका छन्।

शनिबारदेखि नेपाल-भारत सीमा नाका मलंगवा–सोनबरसा भन्सार नाका पूर्ण रूपमा दुईतर्फी संचालनमा आएको छ। तर नाका खुले पनि यात्रुहरूले भने सास्ती बेहोर्नुपरेको छ।

नेपाल प्रहरीहरूको तर्फबाट कुनै किसिमको रोकटोक नभए पनि भारतीय चेक पोस्ट सोनबरसामा बसेका भारतीय प्रहरीले मोटरसाइकल र साइकलमा चढेर आवतजावत गरिरहेकाहरूलाई अनावश्यक दुःख दिन थालेको छ।

ती यात्रुहरूलाई आफ्ना साधनबाट उतारेर भारतीय प्रहरीले मान्छे नचढी गुडाएर जान मात्र भनेको छ। गुडाएर नलगे कुट्ने, लखेट्ने र गाली गर्नेजस्ता अनैतिक व्यवहार गर्ने गरेको गुनासो यात्रुहरूले गरेका छन्।

सर्लाहीको मलंगवा भन्सार नाकाबाहेक अरू ठाउँबाट अझै पनि भारत प्रवेश गर्दा साइकल तथा मोटरसाइकलजस्ता सवारीसाधनको आवतजावत ठप्प पारिएको छ।

भारतमा आउँदो चुनावका लागि सुरक्षा व्यवस्था कडा पार्न यस्तो गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आफूलहरूलाई यसबारे खासै कुनै गुनासो नआएको तर भारतीय बजारमा किनमेलका लागि जाने नेपालीले दुःख पाएका भए यो मात्र एक कारण भएको प्रहरीले बताएको छ।

यद्यपि, भारतमा सन् २०२२ फेब्रुअरीदेखि मात्रै विधानसभाको चुनाव हुँदैछ।

चाडबाड आउँदै गर्दा अधिकांश सीमावर्ती नेपाली किनमेलका लागि भारतीय बजार जाने र यसले भीडभाड बढाएकाले भारतले बोर्डर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिरहेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved