सांस्कृतिक विविधता देशको पहिचान : मुख्यमन्त्री पोखरेल

सांस्कृतिक विविधता देशको पहिचान : मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वलाई समयानुकूल बनाउनु पर्ने बताएका छन्।

विजयादशमी २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक मानवीय जीवनशैली र विकालका लागि आवश्यक पर्ने संस्कारको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक एंव बहुधार्मिक विविधता युक्त सुन्दर देश भएको उल्लेख गर्दै शुभकामना सन्देशमा उनले ‘विविधा युक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो,’ भनेका छन्।

जात–जाति, भाषा, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु पर्ने उल्लेख गर्दै उनले आफ्नो शुभकामना सन्देशमा दसैँ लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved