कांग्रेसले यसपालि पनि चियापान कार्यक्रम नगर्ने

नेपालभ्युज

कांग्रेसले यसपालि पनि चियापान कार्यक्रम नगर्ने

काठमाडौँ। दशैँ तिहारको अवसरमा नेपाली कांग्रेसले गर्दै आएको चियापान कार्यक्रम यो बर्ष पनि नहुने भएको छ। कोभिडका कारण गतबर्ष पनि कांग्रेसले चियापान कार्यक्रम गरेका थिएन। त्यसअघि हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिनमा कांग्रेसले चियापान आयोजना गर्दै आएका थिए ।

बिहीबार कांग्रेस पार्टी कार्यालयले विज्ञप्ति निकालेर यो वर्ष चियापान नगर्ने जनाएको छ। पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाको नेतृत्वको सरकारले खोपको व्यापक प्रबन्ध गरिरहेको र महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भएकाले यो वर्षको चियापान कार्यक्रम नगरिने जनाइएको छ।

चाडपर्व मनाउँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि कांग्रेसले सबैमा अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved